नियम १३
उपचार खर्च

(१) प्रमुख सूचना आयुक्त वा सूचना आयुक्तलाई प्रत्येक वर्ष एक महिनाको
तलब बराबरको रकम वा वास्तविक रुपमा लागेको बील बमोजिमको उपचार खर्चमध्ये जुन
रकम कम हुन्छ सोही बमोजिमको रकम उपचार खर्च बापत दिइनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रमुख सूचना आयुक्त र
सूचना आयुक्त बिरामी भई थप उपचार गर्नु पर्ने भएमा नेपाल सरकारले तोकेको मेडिकल
बोर्डको सिफारिसको आधारमा नेपाल सरकारबाट उपयुक्त ठह¥याएको रकम थप उपचार
खर्च दिन सकिनेछ ।
(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रमुख सूचना आयुक्त
वा सूचना आयुक्तको उपचार बापत आयोगले नेपाल सरकारसँग परामर्श गरी स्वास्थ्य बीमा
(मेडिकल इन्सुरेन्स) को व्यवस्था गर्न सक्नेछ र त्यस्तो व्यवस्था भएकोमा यस नियम
बमोजिमको उपचार खर्च उपलब्ध गराइने छैन ।